राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्छ : प्रधानमन्त्री « Khabarhub

राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्छ : प्रधानमन्त्री


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उनले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताएका हुन् ।

राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए । स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे ।

यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उनले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताए । गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँनयाँ प्रतिभासमेत स्थापित गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताए।

खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी दिनमा यस क्षेत्रलाई अझै व्यवस्थित गर्दै लगिने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदले गण्डकीलाई खेलको केन्द्रका रूपमा स्थापित गरेको बताए । खेललाई सम्पन्न गराउन योगदान गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेल भव्यताका साथ सम्पन्न भएको बताए । राष्ट्रिय खेलकुद परिषद्को ११५औँ बोर्ड बैठकले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको उनले जानकारी दिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताए । खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ८ : ३६ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही