दाङमा हायस दुर्घटना, चालकसहित चार जना घाइते « Khabarhub

दाङमा हायस दुर्घटना, चालकसहित चार जना घाइते


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका– १३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर(१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय टोपेन्द्रबहादुर विष्ट घाइते भएका छन् ।

सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा भइरहेको छ । गम्भीर घाइते चालक विकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा१ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर(१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ८ : ४४ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी