ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद « Khabarhub

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि त्यहाँ राजनीतिक र कूटनीतिक वृत्तमा मतभेद देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बिहीबार दावोसमा आयोजित ‘बोर्ड अफ पिस’को आधिकारिक समारोहमा सहभागी भए। कार्यक्रममा पाकिस्तानी सेनाका फील्ड मार्शल सैयद आसिम मुनीर पनि उपस्थित थिए।

ट्रम्पले भारत र पाकिस्तानसहित विभिन्न देशलाई गाजासम्बन्धी ‘बोर्ड अफ पिस’मा सहभागी हुन आमन्त्रण गरेका थिए। भारत सरकारले भने यसबारे अझै कुनै निर्णय गरिसकेको छैन। तर पाकिस्तानले ट्रम्पको निम्तो स्वीकार गर्दै सहभागिता जनाएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘बोर्ड अफ पिस’मार्फत स्थायी युद्धविराम, फलस्तिनीहरूका लागि मानवीय सहायता विस्तार र गाजाको पुनर्निर्माणमा ठोस कदम चालिने अपेक्षा व्यक्त गरिएको छ। साथै, यी प्रयासले फलस्तिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने पाकिस्तानको विश्वास छ।

यद्यपि, ट्रम्पको पहलमा बनेको संयन्त्रमा सहभागी हुने निर्णयलाई लिएर पाकिस्तानभित्र समर्थन र आलोचना दुवै देखिएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ४३ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय