भोट हाल्ने दिन विदेश जाने लाइनमा युवाहरु | Khabarhub Khabarhub

भोट हाल्ने दिन विदेश जाने लाइनमा युवाहरु

‘जसलाई विदेश जानबाट रोक्ने किन कसैको पनि तागत छैन ?’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सुर्खेतका नरेन्द्रबहादुर आइतबार दुबई जाँदैछन् । एक हप्ताअघि वैदेशिक रोजगारीका लागि सुर्खेतबाट काठमााडौँ आएका उनी आइतबार चुनावकै दिन भएपनि भिसा आएका कारण उनी दुबई जान लागेका हुन् ।

दुबई हुँदै उनी रोजगारीका लागि इराक जाने बताउँछन् । केही समयअघि इराकबाटै फर्किएका उनी फेरि रोजगारीका लागि सोही देश जान लागेका हुन् । जबकी सरकारले इराकलाई कालोसूचिमा राखेको छ, कुनै पनि नेपाली वैधानिक रुपमा इराक जान पाउँदैनन् ।

तर उनीजस्ता झण्डै डेढ लाख नेपाली इराकका विभिन्न ठाउँमा काम गरिरहेको उनको भनाई छ ।

‘म जस्ता १ लाख ८० हजार मानिसले इराकमा काम गरिरहेका छन्’ उनले भने, ‘तर नेपालमा हल्ला चलेजस्तो असुरक्षित भन्ने छैन । सबैले राम्रैसँग काम गरिरहेका छन् ।’

२०६० सालमा इराकमा त्यहाँका विद्रोहीको निशानामा परेर १२ जना नेपालीको विभत्स हत्या भएको थियो । त्यसपछि सरकारले इराक जान प्रतिबन्ध लगाएको हो । तर नेपाली आकर्षक तलब र आम्दानी हुने भन्दै इराक जाने गरेका छन् ।

यस्तै काठमाडौँका प्रेम लामा पनि आइतबार नै इराक जाँदैछन् । दुबई हुँदै इराक जाने उनीहरु हप्तादिनदेखि गौशालाको होटलमा बसाईपछि विदेश जान लागेका हुन् । चुनावको दिन भोट हालेर जान सक्ने सम्भावना रहेपनि उनीहरु मतदान नगरी विदेश जान लागेका हुन् ।

आइतबार रातीको उडानबाट विदेश जान लागेका उनीहरुको देशका नेताहरुप्रति आश र भरोसा छैन । यद्यपी केही नयाँ, स्वतन्त्र र विज्ञ युवाहरु पनि चुनावी मैदानमा छन् । जसले यसपटक थोरै भएपनि आश पलाएको उनीहरु बताउँछन् ।

‘यसपटक रवि लामिछाने, सागर ढकाल, रवीन्द्र मिश्र, मिलन पाण्डेजस्ता युवाहरु चुनावी मैदानमा छन्,’ विमानस्थल जाने सुरमा रहेका उनी भन्छन्, ‘यसपटक बुढा नेताहरु बिदा गरेर युवालाई जिताउनुपर्छ । उनीहरुले जितेमा देश बन्छ भन्ने आश छ । त्यसपछि विदेशबाटै फर्केर केही गर्नुपर्ला ।’

यसपटकको चुनावमा पनि हजारौँ नेपाली विदेशिएका छन् । चुनावकै दिन पनि विदेश उड्ने युवाको लस्कर लामै छ । जसलाई रोक्ने कसैको तागत छैन । नयाँ युवा, स्वतन्त्र युवा र देशमै केही गरौँ भन्ने युवाहरु चुनावमा उठेपनि उनीहरुका सुनौला नाराले युवाहरुलाई देशमा रोक्न सकेन ।

झण्डै ७० लाख नेपाली विदेशमा रहेको भनिएपनि त्यो संख्या बढेर अहिले एक करोड पुग्न लागेको छ । तर पनि यो संख्या बढाउनेभन्दा घटाउनेतर्फ कसैको ध्यान छैन । नेपाली नै भएपनि मतदानबाट बञ्चित भएका उनीहरुले यसपटक पनि मतदान गर्न पाएनन् ।

उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको भएपनि उनीहरुको अमूल्य मतको कदर हुन सकेको छैन । यो नै नेपालीको विडम्बना हो । हजारौँ नेपाली जुन दिन विदेश जानबाट रोकिन्छन्, त्यो दिन मात्रै देश बन्न सक्छ । तर यसको वास्तविकता बुझ्ने नेपालीको संख्या नै कम छ । किनकी आज पनि आम नेपालीमा विदेश नगई भविष्य बन्दैन भन्ने भ्रम हावी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २७ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन