दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित « Khabarhub

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मतदान गर्ने विषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको हो । अहिले स्थिति समान्य भएको छ भने तत्कालका लागि मतदान स्थगित गरिएको छ । 

सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बनीरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ४० बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा