सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो « Khabarhub

सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ ।

पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।

६ वटा मतदान केन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेको छ भने बाकि मतपेटिका आउने क्रम जारी छ। निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाई छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ ।

मतदानकेन्द्रमा छिटपुट घटना

दिनभर पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङ मावि मतदानकेन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । बिहानको सर्वदलिय बैठकमा अशक्त ब्यक्तिको हकमा घरका एकजनाले एक पटक मात्र प्रतिनिधि बनेर मतदानमा सहयोग गर्न मिल्ने निर्णय गरेको थियो । तर मतदानको बेला २ बजेतिर अपाङगता , जेष्ठ नागरिकको प्रतिनिधि बन्दै एकजनाले ४ जना सम्मको मतदान गर्न गएको भन्दै झडप भएको थियो । सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेनाले झडप नियन्त्रण गरेपछि मतदान अधिकृतले मतदान प्रक्रिया पुन सुरु गरि शान्तिपूर्ण मतदान सम्पन्न भएको हो ।

यस्तै मेलम्ची ११ स्थित जागेश्वरी निमावि बुथ बाहिर झडप भएको थियो । घटना स्थलमा नेपाल आर्मी परिचालीत भएका थिए । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित शिद्धिगणेश, कुविण्डे स्थित श्री पञ्चकन्या माविमा केही समय विवादका दृष्यसमेत देखिए ।

समग्रमा मतदानकेन्द्रहरुमा भने भयरहित वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले जानकारी दिए । छिटपुट घटना भए पनि त्यसलाई तत्काल समाधान भएका र सबै स्थानमा सामान्य रूपमा मतदान सम्पन्न भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ०७ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको