प्रत्यक्ष र समानुपातिकर्फको एकैसाथ मतगणना गर्न आयोगको निर्देशन « Khabarhub

प्रत्यक्ष र समानुपातिकर्फको एकैसाथ मतगणना गर्न आयोगको निर्देशन


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मत एकैपटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।

यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना छ। आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौं उपत्यका लगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरू गर्ने बताए।

दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ संकलनका लागि हेलिकप्टरसमेत प्रयोग गरिने आयोगले जनाएको छ। संकलन भएपछि तत्काल मतगणना सुरू गर्न आयोगले निर्देशन दिएको छ।

आजको मतदानमा १५ मतदानस्थलमा मतदान स्थगन भएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३० बजे

‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य

दमौली अस्पताल स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति

रोहित पौडेलको टोलीले विश्वकपमा देखाउने छ आत्मविश्वास र एकता : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विश्वकपमा नेपाली टिमले नेपालको आत्मविश्वास,

बागलुङको नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै उत्कृष्ट

बागलुङ– गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित

दोस्रो पथरी शनिश्चरे गोल्डकप : उर्लाबारी भेट्रान्सलाई उपाधि

मोरङ– दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात