विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई मकाउ हस्तान्तरणसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई मकाउ हस्तान्तरणसम्म


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज २० डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :
बेलायतमा लामो समय शासन गर्ने महारानी
सन् २००७ मा बेलायतकी महारानी एलिजावेथ द्धितीय बेलायतको राजतन्त्रमा लामो समयसम्म रहने महारानी बनेकी थिइन्।

यसअघि महारानी भिक्टोरियाले सबैभन्दा लामो समय शासन गरेकी थिइन्। महारानी भिक्टोरियाको ८१ वर्ष सात महिना २९ दिनपछि सन् १९०१ को २२ जनवरीमा मृत्यु भएको थियो।

चीनलाई मकाउ हस्तान्तरण
सन् १९९९ मा मकाउमाथिको सार्वभौमसत्ता पोर्चुगलले चीनलाई हस्तान्तरण गरेको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई १६औं शताब्दीको मध्यदेखि सन् १९९९ सम्म शासन गरेर पोर्चुगलले आजकै दिन अर्थात् २० डिसेम्बरमा बेइजिङलाई हस्तान्तरण गरेको थियो। मकाउको आफ्नै न्याय प्रणाली र मौद्रिक तथा आप्रवासी नीति छ।

पानामामाथि अमेरिकाको आक्रमण
सन् १९८९ मा अमेरिकाले पानामाथि अतिक्रमण सुरु गरेको थियो। अपरेसन जस्ट कज नाम दिइएको सो अतिक्रमण तत्कालीन राष्ट्रपति जर्ज एचडब्लू बुसको शासन कालमा भएको थियो। सन् १९९० को ३१ जनवरीमा अतिक्रमण समाप्त भएको थियो।

स्पेनका प्रधानमन्त्रीको हत्या
सन् १९७३ मा स्पेनका प्रधानमन्त्री क्यारेरो ब्लान्कोको हत्या भएको थियो। ब्लान्कोलाई बिखन्डनकारी समूह इयुस्कादी ता अकस्तासुनाका कार्यकताले हत्या गरेका थिए।

अमेरिकी सेनालाई अन्तरिक्षमा फौज स्थापना गर्ने ढोका खुला
सन २०१९ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल डिफेन्स अथराइजेसन एक्टमा हस्ताक्षर गरेका थिए। सो विधेकमा हस्ताक्षर गरेसँगै अमेरिकालाई अन्तरिक्षमा आफ्नो फौज गठन गर्ने ढोका खुलेको थियो।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : ५० बजे

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको