विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई मकाउ हस्तान्तरणसम्म « Khabarhub

विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई मकाउ हस्तान्तरणसम्म


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज २० डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :
बेलायतमा लामो समय शासन गर्ने महारानी
सन् २००७ मा बेलायतकी महारानी एलिजावेथ द्धितीय बेलायतको राजतन्त्रमा लामो समयसम्म रहने महारानी बनेकी थिइन्।

यसअघि महारानी भिक्टोरियाले सबैभन्दा लामो समय शासन गरेकी थिइन्। महारानी भिक्टोरियाको ८१ वर्ष सात महिना २९ दिनपछि सन् १९०१ को २२ जनवरीमा मृत्यु भएको थियो।

चीनलाई मकाउ हस्तान्तरण
सन् १९९९ मा मकाउमाथिको सार्वभौमसत्ता पोर्चुगलले चीनलाई हस्तान्तरण गरेको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई १६औं शताब्दीको मध्यदेखि सन् १९९९ सम्म शासन गरेर पोर्चुगलले आजकै दिन अर्थात् २० डिसेम्बरमा बेइजिङलाई हस्तान्तरण गरेको थियो। मकाउको आफ्नै न्याय प्रणाली र मौद्रिक तथा आप्रवासी नीति छ।

पानामामाथि अमेरिकाको आक्रमण
सन् १९८९ मा अमेरिकाले पानामाथि अतिक्रमण सुरु गरेको थियो। अपरेसन जस्ट कज नाम दिइएको सो अतिक्रमण तत्कालीन राष्ट्रपति जर्ज एचडब्लू बुसको शासन कालमा भएको थियो। सन् १९९० को ३१ जनवरीमा अतिक्रमण समाप्त भएको थियो।

स्पेनका प्रधानमन्त्रीको हत्या
सन् १९७३ मा स्पेनका प्रधानमन्त्री क्यारेरो ब्लान्कोको हत्या भएको थियो। ब्लान्कोलाई बिखन्डनकारी समूह इयुस्कादी ता अकस्तासुनाका कार्यकताले हत्या गरेका थिए।

अमेरिकी सेनालाई अन्तरिक्षमा फौज स्थापना गर्ने ढोका खुला
सन २०१९ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल डिफेन्स अथराइजेसन एक्टमा हस्ताक्षर गरेका थिए। सो विधेकमा हस्ताक्षर गरेसँगै अमेरिकालाई अन्तरिक्षमा आफ्नो फौज गठन गर्ने ढोका खुलेको थियो।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : ५० बजे

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ – हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको