कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज « Khabarhub

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

शेखर र गगनको लडाइँले देउवालाई फाइदा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ।

मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ।

दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ। दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ। कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन्।

संसदीय दलको नेतामा शेखर कोइरालाले समेत चासो दिएपछि संस्थापन पक्ष पार्टी सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ। चुनावअ गाडि नै भावी प्रधानमन्त्रीको रुपमा आफूलाई मतदातासँग चिनाएका गगन थापा आफ्नो नाममा सहमति खोज्ने प्रयासमा छन्।

उता कोइरालाले भने सस्थापन इतरबाट आफ्नो नाममा सहमतिको प्रयास गरिरहेका छन्। अन्तिम समयसम्म कोइराला र थापाबीच सहमति नभएमा सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ०८ बजे

वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

रसुवा– रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ

बालुवाटारमा सरकार र एमालेबीच संवाद

काठमाडौं– सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार