ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस « Khabarhub

ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पु(याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पुर्याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भने ।

उनले अगाडि भने, ‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ ।’

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : २२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको