डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु « Khabarhub

डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो । 

किट बक्स विधिबाट रंगको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट नाइट्रोजन, फस्फोरस, पोटास, पिएचदेखि अर्गानिक कार्वन, जिंक, सल्फर, आइरन, कपर, म्याग्नेसवोरनको मात्रा पनि पत्ता लाग्ने कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जय पण्डितले बताए । 

कृषि ज्ञान केन्द्रले हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकाभित्रका किसानले ल्याएका माटोको नमुना परीक्षण गरिरहेको छ । डिजिटल स्वाइल टेस्टिङ मिनिल्याव ल्याएपछि ल्यावमार्फत माटोको उर्वराशक्ति परीक्षणको सेवा सुरु गरिएको हो । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षणका लागि सुनसरीको झुम्का पुग्नुपर्ने बाध्यता थियो । 

शिविर सञ्चालन गरेर किट बक्सबाट परीक्षण गर्दा रंगको आधारमा कम, मध्यम र अधिकमा माटोको वर्गीकरण गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट भने अंकमै उर्वराशक्तीको मात्रा थाहा हुने कृषि प्रशार अधिकृत पण्डितले बताए । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षण गरेपछि माटोमा हाल्नुपर्ने मलखादको मात्राका बारेमा समेत थाहा हुने ज्ञान केन्द्रले जनाएको छ । 

माटोको उर्वराशक्ति परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश माटोमा अम्लीयपन र क्षारियपनकाे मात्रा अधिक देखिएको छ । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रशार अधिकृत पण्डितले बताए । 

माटोको परीक्षणपछि माटोको उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको मल प्रयोग गर्ने र सोही किसिमको खाद्यबाली लगाउने टुंगो गरिन्छ । तर माटो परीक्षण गर्ने र उपचार गरेर खेतीपाती गर्ने प्रचलन भने अझै व्यापक बन्न सकेको छैन । 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : १२ बजे

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी