निकुञ्जभित्र अवैध वन्यजन्तु चोरीशिकारी गर्ने पाँचजना पक्राउ « Khabarhub

निकुञ्जभित्र अवैध वन्यजन्तु चोरीशिकारी गर्ने पाँचजना पक्राउ


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बारा– पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडीसहित पक्राउ गरिएको हो ।

सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्जभित्रको पर्सा जिल्लामा पर्ने गडवालाइनबाट पक्राउ गरिएको बताइएको छ । चोरी शिकार गर्नेहरूका साथबाट मृत पोथी जरायो, भाले जरायोको सिंगसहित दुई लाख ९० हजार ६ सय ७० नेपाली रुपैयाँ, १ हजार २ सय भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलरो गाडी, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिसकोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएका काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज थारु र अर्का एकजना ५२ वर्षीय मालदोंग तामांग रहेका छन् । 

निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रियाअघि बढाइने बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकोले कसलाई कति सजाय हुन्छ भन्ने कुरा अनुसन्धानपछि निर्धारण हुने जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ५९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो