इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति « Khabarhub

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो सम्झौता शुक्रबार स्थानीय समय अपराह्न साँझ ४ बजे लागु भएको छ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अफी डेफ्रिनले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी युद्धविरामको अवस्थामा छौँ। आवश्यक परेमा इजरायल लडाइँ जारी राख्न तयार छ।’

यसअघि इजरायलले दक्षिणी लेबनानमा रातभर हवाई आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको लेबनानी स्वाास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले पनि आफ्ना चार सैनिक मारिएको बताएको छ।

गत बुधबार राति अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने भनिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : १९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर