शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश « Khabarhub

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् । 

गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् । 

शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पनि गराइसकेका छन् । 

संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ । 

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गरेका छन् । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ५३ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली