शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश « Khabarhub

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् । 

गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् । 

शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पनि गराइसकेका छन् । 

संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ । 

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गरेका छन् । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ५३ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि