सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउनु हुँदैन : महामन्त्री शर्मा « Khabarhub

सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउनु हुँदैन : महामन्त्री शर्मा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् । नेपाल टे«ड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका हुन् ।

सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे । 

कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रिया भित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए । राष्ट्रपति व्यक्ति मात्रै नभइ प्रवृत्तिको रुपमा शीतल निवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने विषयलाई कम प्राथमिकताको विषय बनाउन नहुने उनले बताए ।

त्यस्तै उनले सिद्धान्त र कामको बलमा ट्रेड युनियनलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : २८ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि