महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता « Khabarhub

महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो संसदीय दलको कार्यालयमा गएर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् ।

शेखर कोइरालाको प्रस्ताव तथा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थनमा गगनले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन कोइराला पनि सिंहदरबार पुगेका थिए । संस्थापन पक्षको तर्फबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदैछन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : १० बजे

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र