प्रतिनिधिसभाका सांसदहरूलाई पशुपति शमशेर राणाले शपथ खुवाउने « Khabarhub

प्रतिनिधिसभाका सांसदहरूलाई पशुपति शमशेर राणाले शपथ खुवाउने


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन्। प्रतिनिधिसभाको प्रथम बैठकअघि ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधानअनुसार राणाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई शपथ गराउन लागेका हुन् । 

त्यसका लागि संघीय संसद् सचिवालयले निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ नागरिकको हैसियतमा राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ‘संसद् सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको छ,’ धमलाले भने, ‘राष्ट्रपति कार्यालयबाट भोलि १ बजे राणाको शपथ हुने अनौपचारिक जानकारी आएको छ। ‘

संसद् सचिवालयको पत्रअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि  राणाले अन्य निर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन् । यसअघि प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले सांसदहरूको शपथ गराएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : १५ बजे

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।