चितवनमा तोरी उत्पादनमा वृद्धि | Khabarhub Khabarhub

चितवनमा तोरी उत्पादनमा वृद्धि


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डिकरण बढेपछि तोरी उत्पादन घटेको थियो ।

कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने जिल्लामा केही वर्षअघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो । तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने अनुमान गरिएको पुनको भनाइ छ । अहिले किसानले तरकारीखेती छाडेर तोरी लगाउन थालेको उनको भनाइ छ । पछिल्लो वर्षमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रूपमा तोरीखेती कम खर्चिलो र आम्दानी राम्रो हुने भएकाले किसानको आकर्षण बढेको हो ।

‘मौसम अनुकूल भए यसवर्ष तोरीको उत्पादन झनै राम्रो हुन्छ’, पुनले भने, ‘हुस्सु कुहिरो नलागेर घाम लाग्यो भने तोरीको उत्पादन बढ्नेछ ।’ बाँझो रहेका जमिनमा किसानले यसवर्ष तोरीखेती सुरु गरेको उनले बताए । पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा तोरी व्यापकरूपमा लगाइएको छ । आर्थिक वर्ष २०६४/६५ यता जिल्लामा तोरी लगाउने किसान बढ्न थालेको कार्यालयले जनाएको छ । 

चितवनमा करिब २० हजारदेखि २५ हजार किसान भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या भने ज्यादै न्यून छ । खैरहनी नगरपालिका-१३ का वडाध्यक्ष कुलप्रसाद भुसालले प्रत्येक वर्ष तोरी लगाउँदा राम्रो उत्पादन नहुने अनुभव रहेको सुनाए। ‘माटोमा बाली लगाउँदा ग्याप चाहिन्छ’, उनले भने, ‘तोरी एक/दुई वर्ष लगाएपछि अर्को एक/दुई वर्ष कोसेबाली लगाउन सकियो भने तोरीको उत्पादन बढ्छ ।’ उनले एक दुई वर्षको अन्तरालमा तोरी लगाउँदा माटोमा तोरीका लागि चाहिने तत्व तयार हुने र उत्पादन राम्रो हुने बताए । 

‘तोरीको बोट राम्रो भएर मात्र हुँदैन घाम पनि लाग्नुपर्छ । तीन चारदिन बादल लाग्यो भने तोरीको बोट राम्रो भए पनि कोसा दाना लाग्दैन’, उनले भने। उनले आफ्नो वडामा तोरीखेती गर्नेको सङ्ख्या पछिल्ला वर्षमा धेरै बढेको बताए। ‘म युवा छँदा चितवनमा तोरीको उत्पादन राम्रो थियो । बीचका केही वर्षमा घट्यो’, उनले भने, ‘बालीमा विविधिकरण आएपछि फेरि तोरीको उत्पादन बढ्दै गएको छ ।’ 

खैरहनी नगरपालिका-६ का कुमरोजका किसान तेजप्रसाद बड्तौला चितवनमा तोरीको उत्पादन राम्रो हुने भएकाले आफूले तोरीखेतीलाई निरन्तरता दिँदै आएको बताउँछन्। ‘मैले हरेक वर्ष तोरीखेती गर्दै आएको छु’, उनले भने, ‘यसवर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ ।’ चितवनमा कात्तिकमा तोरीखेती लगाएर फागुनमा थन्क्याइने गरिन्छ । 

राप्ती नगरपालिका-४ का किसान रामचन्द्र पौडेलले पानी नपरे यसवर्ष तोरीको उत्पादन राम्रो हुने बताए। ‘अहिले तोरी पहेँलपुर भएको छ’, उनले भने, ‘यो महिना मात्रै मौसम सफा भए पोहोरको तुलनामा उत्पादन बढ्छ ।’ उनले दुई बिगाहा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ४२ बजे

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला