बाँकेमा धान खरिद सुरु « Khabarhub

बाँकेमा धान खरिद सुरु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ । ‘पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले भने । 

उनले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गरे। खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ । ‘पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरुले मात्रै धान बेच्ने हुन्थ्यो तर अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ’, लामिछानेले भने । गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताए।

किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिस पत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उनको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ । धान बेच्न आएकी जानकी गाउँपालिकाका किसान रुपबहादुर कार्कीले जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्योबेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । 

उनले आफूले डेढ बिघा खेतको मध्यम मोटा र मसिनो धान बेच्न ल्याएको जानकारी दिँदै बिचौलियाका कारण किसान मर्कामा परेको बताए। ‘जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरुले न्यून मूल्यमा सुरुमा नै धान बेचे’, किसान कार्कीले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका वरिष्ठ गुण नियन्त्रक सहायक रोशन श्रेष्ठले गुणस्तर मापदण्डलाई ध्यान दिएर किसानको धान खरिद हुने जानकारी दिँदै उपकरणबाट परीक्षण गरेर धान भिजेको पत्ता लाग्ने बताए । 

उनले गुणस्तरीय धानको मात्रै खरिद हुने जानकारी दिँदै धानलाई सफा गरेर बेच्न ल्याउन किसानलाई आग्रह गरे । सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकेको छ । 

तर केही किसानले बाध्य भएर सस्तोमा धान बेचेका छन् । खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर प्रतिक्विन्टल रु दुई हजार चार सय चारमा बिक्री गरेका थिए । धानखेती भएका क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार एक सय दुई मेट्रिकटन धान उत्पादन भएको बताइएको छ । धान खरिद तीन महिनासम्म हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : २१ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने