जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन | Khabarhub Khabarhub

जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी-साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ । अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो । 

आयोजनाले मंगलबार जारी गरेको सूचनामा थली बजार क्षेत्रमा २९ मङ्सिरमा एक लेन कालोपत्रे गरेपछि अलपत्र छाडेको, आयोजना कार्यालयमा काम बन्द गर्नुको कारण पेश नगरेको र साइटमा धुलो उडेकाले गर्दा आयोजना कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका एवं स्थानीयवासी पीडामा रहेको उल्लेख छ । निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको सूचनामा उल्लेख छ । यसकारण तीन दिनभित्र सो स्थानको बाँकी कालोपत्रे पुरा गर्न आयोजनाले निर्देशन दिएको छ । 

अन्यथा निर्माण कम्पनीको नाममा यस आयोजनामा रहेको बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’