मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई | Khabarhub Khabarhub

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए।

संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए। जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् । प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ ।

मधेस प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने अवस्था छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ५६ बजे

कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा

मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने

काठमाडौं- मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न

रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गर्‍यो : रवि लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर

रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई