सोमपाल बने जनकपुरको मार्की खेलाडी | Khabarhub Khabarhub

सोमपाल बने जनकपुरको मार्की खेलाडी


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकपुरले मैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।

जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जन पनि जनकपुरमा आबद्द छन् । जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । कार्यक्रममा जनकपुर रोयल्सले टिमको जर्सी समेत सार्वजनिक गरेको थियो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : १८ बजे

एसीसी यु-१६ सेमिफाइनलः मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा