सोमपाल बने जनकपुरको मार्की खेलाडी « Khabarhub

सोमपाल बने जनकपुरको मार्की खेलाडी


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकपुरले मैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।

जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जन पनि जनकपुरमा आबद्द छन् । जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । कार्यक्रममा जनकपुर रोयल्सले टिमको जर्सी समेत सार्वजनिक गरेको थियो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : १८ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि