पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पाल्पा : तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो ।

तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक गाहा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका हुन् ।

मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक २६ वर्षीय शेरबहादुर गाहाको अवस्था सामान्य रहेको छ । ट्रक चालक र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : १८ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा