शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय पढाउन सक्नेलाईभन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताए । विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

“कुन दलको मान्छे भनेर ल्याउने होइन । पार्टी चाहिएको छ, झण्डा बोक्ने मान्छे चाहिएको छ । पढाउन मतलब छैन । अनि कहाँबाट रिजल्ट राम्रो हुन्छ ?”,उनले भने, “विद्यालयका लागि कति समय दिनुभएको छ ? शिक्षकले पनि त्यो कुरा आत्मसमीक्षा गर्नुपर्छ । मैले पढाएको विद्यार्थी कमजोर भयो कि भनेर सोच्ने काम शिक्षकको हुन्छ । वातावरण बनाउने काम अभिभावकको हुन्छ । विद्यालयलाई राजनीतिको अखडा बनाउने, पढाउन जानोस् नजानोस् आफ्नो मान्छेलाई जागिर खुवाउँछु भन्ने छ ।”

राजनीतिमा होइन पढाइ र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने आफ्नै सन्तानलाई घरबाटै सुरु हुने विभेदले पनि समस्या भइरहेको उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनासँगै सोही कार्यक्रममा पुग्नुभएका नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अली हालले देशको विकासका लागि चाहिने राम्रो पक्ष भनेको नै शिक्षा भएको बताए । सरकार र अभिभावकले आफ्ना बच्चाका लागि लगानी गर्नसके मात्रै देशको भविष्य राम्रो हुने उनको सुझाव छ । उनले आफ्नो देश कतारको विकासका लागि लाखौँ नेपाली कामदारले गरेको मेहनतको प्रशंसा गरे ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ४७ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र