शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय पढाउन सक्नेलाईभन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताए । विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

“कुन दलको मान्छे भनेर ल्याउने होइन । पार्टी चाहिएको छ, झण्डा बोक्ने मान्छे चाहिएको छ । पढाउन मतलब छैन । अनि कहाँबाट रिजल्ट राम्रो हुन्छ ?”,उनले भने, “विद्यालयका लागि कति समय दिनुभएको छ ? शिक्षकले पनि त्यो कुरा आत्मसमीक्षा गर्नुपर्छ । मैले पढाएको विद्यार्थी कमजोर भयो कि भनेर सोच्ने काम शिक्षकको हुन्छ । वातावरण बनाउने काम अभिभावकको हुन्छ । विद्यालयलाई राजनीतिको अखडा बनाउने, पढाउन जानोस् नजानोस् आफ्नो मान्छेलाई जागिर खुवाउँछु भन्ने छ ।”

राजनीतिमा होइन पढाइ र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने आफ्नै सन्तानलाई घरबाटै सुरु हुने विभेदले पनि समस्या भइरहेको उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनासँगै सोही कार्यक्रममा पुग्नुभएका नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अली हालले देशको विकासका लागि चाहिने राम्रो पक्ष भनेको नै शिक्षा भएको बताए । सरकार र अभिभावकले आफ्ना बच्चाका लागि लगानी गर्नसके मात्रै देशको भविष्य राम्रो हुने उनको सुझाव छ । उनले आफ्नो देश कतारको विकासका लागि लाखौँ नेपाली कामदारले गरेको मेहनतको प्रशंसा गरे ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ४७ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय