चाँगुनारायण जङ्गलमा चरा गणना सुरु « Khabarhub

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् ।

गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् । थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ४७ बजे

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत

सरकार गठन विषयमा बालेन-रविबीच छलफल जारी, दोस्रो तहका नेता बेखबर

काठमाडौं– सरकार गठनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि