पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग « Khabarhub

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको थियो । २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : १७ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा