जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द « Khabarhub

जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो । कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाले विहिबार देखि आगामी १२ गते सम्मका लागि नगरपालिका र मातहतका सवै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो । मध्येनपाल नगरपालिकामा नगरप्रमुख सहित केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमूख रमेशकुमार पाण्डेले केहिदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत आँफुलाई कोरोना संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तीहरुलाई सतर्क रहन आग्रह गरेका थिए ।

पछिल्लो तिन दिनमा मात्रै पालिका भित्र २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिए । यसैविच मध्यनेपाल नगरपालिकाले कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : १५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष