पाँचौ पतिलाई छोड्दै पामेला | Khabarhub Khabarhub

पाँचौ पतिलाई छोड्दै पामेला


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री पामेला एण्टडसनले पाँचौ पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । पामेलाले पाँचौ पति डेनविरुद्ध अदालतमा निवेदन दिने निर्णय लिएकी छन् । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए ।

समाचारअनुसार आपसी मतभेदपछि पामेलाले पतिबाट अलग्गिने निर्णय लिएकी हुन् । उनीहरुको सम्बन्धमा दरार आइसकेकाले सँगै बस्न नसक्ने जनाउँदै पामेला पाँचौं पतिलाईं छोड्ने तयारीमा पुगेकी छन् ।

पामेला र डेन अहिले सँगै छैनन् । उनीहरुको बाटो नै अलग भइसकेको छ । यो जोडीले गत वर्षको क्रिसमसको दिन विवाह गरेका थिए । जुन विवाहमा केही सीमित व्यक्तिको मात्र उपस्थिति थियो । केही महिना डेट गरेपछि पामेलाको हृदयमा डेन आएका थिए । त्यहीकारण पामेलाले पाँचौ पटक विवाह गर्ने निर्णय लिएकी थिइन् ।

डेन अभिनेत्री पामेलाको बडीगार्ड हुन् । लामो समयसम्म पामेलासँग सहकार्य गरेकाले उनीहरुबीच नजिकपन बढेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : १६ बजे

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि