धोनीले आफ्नो कप्तानीमा बनाएका पाँच सफल भारतीय खेलाडी | Khabarhub Khabarhub

धोनीले आफ्नो कप्तानीमा बनाएका पाँच सफल भारतीय खेलाडी


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गरेका थिए । जव धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकैनै चुनौती सामना गर्नुपरेको थियो ।

जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए ।

धोनीको कप्तानीमा भारतले सन् २००७ मा आईसीसी टी-२० विश्वकप, सन् २०११ मा क्रिकेट वर्ल्डकप, सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो ।

यससँगै सन् २००९ मा पहिलो पटक टेष्ट क्रिकेटमा एक नम्बर बन्यो । यस्तै धोनीले आफ्नो कप्तानीमा यस्ता पाँच खेलाडीलाई मौका दिए । जो भारतको लागि ‘म्याच विनर’ बने । आज यिनै पाँच क्रिकेटरले विश्व क्रिकेटमा आफ्नो छाप राखेका छन् ।

विराट कोहली
विराट कोहलीले धोनीको कप्तानीमा आफ्नो ‘करियर’ सुरुआत गरेका थिए । विराट कोहलीलाई एकदिवसीय (५० ओभर) मा नम्बर तीनमा ल्याउने मौका धोनीले नै दिएका थिए ।

धोनीले कोहलीको राम्रो प्रदर्शन देखेर टेष्ट टोलीमा समेत मौका दिए । कोहली सन् २०११-१२ को अष्ट्रेलिया भ्रमणमा सफल भएका थिएनन् । तर धोनीले उनलाई लगातार मौका दिए । जहाँ कोहलीले अर्धशतकसमेत लगाए ।

कोहलीले एडिलेटमा शतक बनाएर आलोचकलाई जवाफ फर्काएका थिए । सन् २०१२ मा पर्थमा टिम छनोटकर्ताले कोहलीको स्थानमा रोहित शर्मालाई मौका दिन चाहन्थे । तर धोनीले आफ्नो ११ टिममा विराट कोहलीलाई सामेल गराए ।

यो कुरा भारतीय पूर्व ब्याटर वीरेन्द्र सहवागले बताएका थिए । सोही समय सहवाग उपकप्तान दिए र उनले धोनीलाई बताएअनुसार नै रोहितको स्थानमा कोहलीलाई छनोट गरिएको थियो ।

रोहित शर्मा
धोनीले रोहित शर्माको लगातार खराब प्रदर्शन बावजुद मौका दिइरहे । जसले उनको करियर पूरा बदलिएको थियो । रोहितलाई एकदिवसीय क्रिकेटमा ओपनर बनाउन धोनीको सबैभन्दा योगदान रहेको छ ।

सन् २०१३ मा जब धोनीले रोहितलाई ओपनिङ गर्ने मौका दिए, तब रोहितको अलग रूप देख्न पाइएको थियो । रोहित शर्मालाई आक्रामक बनाउन धोनीको ठूलो हात रहेको छ ।

रविचन्द्रन आश्विन
रविचन्द्रन आश्विन आज विश्वको एक उत्कृष्ट अफ स्पिनर बलर हुन् । धोनीले पहिलोपटक सन् २०१० को आईपीएलमा खेल्न मौका दिएका थिए । जहाँ आश्विनको शानदार प्रदर्शन रह्यो ।

आश्विन चेन्नई सुपर किङ्स (सीएसके) मा धोनीको कप्तानीमा खेल्ने गर्दथे । धोनीले आश्विनको प्रतिभा देखे र भारतीय टोलीमा समावेश गरे । जसकारण भारतीय टिममा आश्विनले स्थान पाएका छन् । आश्विन सन् २०१० मा टिममा परे ।
त्यसको एक वर्षपछि नै सन् २०११ को विश्वकपको लागि टोलीमा स्थान बनाए । यसरी नै आश्विनले टेष्टमा समेत खेल्ने मौका पाए ।

रवीन्द्र जडेजा
रवीन्द्र जडेजा भारतीय टोलीका सबैभन्दा बढी ‘म्याच विनर’ बनेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा जडेजामाथि कसैले जवाफ फर्काउन सक्दैन । जडेजालाई भारतीय टोलीमा स्थान दिनेमा धोनीकै हात रहेको छ । जडेजा धोनीको कप्तानीमा चेन्नई सुपर किङ्सबाट आईपीएल खेले ।

आफ्नो मनकारी खेलाडी भएकै कारण धोनीले आईपीएलमा जडेजालाई स्थान दिए । उनले कहिले पनि जडेजालाई निकाल्ने प्रयासनै गरेनन् । मात्र मौका दिए । जसको कारण जडेजा उत्कृष्ट अल राउन्डर बने ।

सुरेश रैना
महेन्द्रसिंह धोनी र सुरेश रैनाको मित्रता विशेष छ । अहिले त रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसके । तर रैना आईपीएलमा चेन्नई सुपर किङ्सका लागि सबैभन्दा बढी ‘म्याच विनर’ बने ।

धोनीले रैनालाई आफ्नो कप्तानीमा भारतीय टिममा धेरै मौका थिए । धोनीले रैनाको बारेमा बताएका थिए, ‘रैना सबैभन्दा राम्रो खेलाडी हुन् । यस्तोमा हामीले उनलाई समर्थन गर्नुपर्छ । यदि हामी उसलाई समर्थन गर्दैनौं त उसले आफ्नो ‘नेचुरल’ खेल खेल्दैन र सस्तोमा आउट हुनेछ ।’

धोनीले रैनालाई लगातार खेल्ने मौका थिए । जसको कारण रैना आज पनि टी-२० क्रिकेटमा खतरनाक खेलाडीको रूपमा चिनिन्छन् । यसैकारण पनि रैनालाई बनाउनुमा धोनीको ठूलो हात मानिन्छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ३७ बजे

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि