यी हुन् काठमाडौँ उपत्यकामा जोर–बिजोर नलाग्ने सवारी | Khabarhub Khabarhub

यी हुन् काठमाडौँ उपत्यकामा जोर–बिजोर नलाग्ने सवारी


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाबेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे स्पष्ट जानकारी दिएको छ ।

जोर–बिजोर प्रणाली लागू नहुने सवारी साधन (सूचीसहित)
औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् । त्यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) लाई जोर बिजोर लाग्ने छैन ।
परिचय पत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास(परिचयपत्र) भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा पनि यो प्रणाली लागू हुने छैन ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ५२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने