नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा आज महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।

भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड-६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जनालाई जिल्लाको फरक-फरक ठाउँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो ।

होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यसैगरी उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्याएको ९ लाख ९७ हजार र २ लाख ४० हजारको ४ वटा चेकसहित पक्राउ गरेको भिठ्ठामोड प्रहरी चौकीले जनाएको छ ।

साहलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पतलैया पठाइएको जिल्ला प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ३६ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको