पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले शुक्रबार काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धिको विरोधमा नेविसंघले हस्ताक्षरसमेत संकलन गरेको छ ।

कोरोना संकटमा सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको भन्दै सरकारलाई बुझाउनका लागि हस्ताक्षर संकलन गरिएको नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले बताए । विद्यार्थीले मूल्यवृद्धि खारेज गर्ने नेविसंघको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : १६ बजे

२०२६: दीपिका पादुकोण र आलिया भट्टको स्टारडमको निर्णायक परीक्षा

काठमाडौं – बलिउडका दुई शीर्ष अभिनेत्री दीपिका पादुकोण र आलिया

नेकपा इलाम इन्चार्ज शर्माद्वारा पार्टी परित्याग, प्रलोपा प्रवेश गर्ने तयारी

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला

शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस

स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

पोखरा – क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा