पूर्वी युक्रेन युद्धविरामका लागि रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक « Khabarhub

पूर्वी युक्रेन युद्धविरामका लागि रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उनका कूटनीतिज्ञहरुले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको भन्दै अमेरिकाले पश्चिमेली देशहरुलाई सावधानी दर्शाउदै आएको छ ।

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकहरुले अनुमान गरेका छन् ।

तर, युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ । यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली देशहरुले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २३ बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने