पूर्वी युक्रेन युद्धविरामका लागि रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक « Khabarhub

पूर्वी युक्रेन युद्धविरामका लागि रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाहेको उनका कूटनीतिज्ञहरुले बताएका छन् । रसियाले युक्रेनलाई आक्रमणको अन्तिम तयारी गरेको भन्दै अमेरिकाले पश्चिमेली देशहरुलाई सावधानी दर्शाउदै आएको छ ।

केही साताअघि रुसले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैथान गरेको थियो । सोही समयदेखि नै रुसले युक्रेनमाथि हमला गर्न खोजेको पश्चिमा मुलुकहरुले अनुमान गरेका छन् ।

तर, युक्रेन आक्रमणको कुनै योजना नभएको रुसले बताउँदै आएको छ । यसै साता उसले सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको जनाएको थियो । अमेरिकालगायत पश्चिमेली देशहरुले यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी