नक्कली उत्पादनलाई बढवा दिँदै चिनियाँ कम्पनी | Khabarhub Khabarhub

नक्कली उत्पादनलाई बढवा दिँदै चिनियाँ कम्पनी


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ सामानको गुणस्तरको विवाद फेरि एक पटक उठ्न थालेको छ । धेरै अघिदेखि नै चिनियाँ सामानको गुणस्तरका बारे बहस पनि हुने गरेका थिए । अमेरिकाले अहिले धेरै कम्पनीलाई सूचीकृत गरिरहेको छ। यसरी सूचीकृत हुनेमा चिनियाँ प्राविधिक शक्ति अलि बाबा र टेन्सेन्ट पनि समावेश गरिएका छन् । अमेरिकाले यी दुई फर्मलाई कुख्यात फर्ममा सूचीकृत गरेको छ ।

त्यस सूचीमा ४२ अनलाइन लाइट तथा ३५ स्टोर छन् । फर्मले सञ्चालन गरेका इकमर्स प्लेटफर्म पनि त्यसमा समावेश गरिएका छन्। अमेरिकी ट्रेड एजेन्सीले उनीहरू गोप्यता भङ्ग गर्ने कपी राइटका नियमलाई पन्छाउन सक्रिय रहेको जनाएको छ ।

‘विश्व व्यापार अहिले नक्कली र कमसल सामानको मारमा परेको छ। यसले अमेरिकी उत्पादन र सृजनालाई क्षति भइरहेको छ। साथै अमेरिकी कामदारलाई पनि हानी भएको छ,’ अमेरिकी व्यापार प्रतिनिधि केथरियन टाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर)को कार्यालयले यो सूचीमा पहिलो पटक अलि एक्सप्रेस र विचाट इकमर्स साइटलाई समावेश गरेको जनाएको छ । अलि एक्सप्रेस अलि बाबाको स्वामित्वमा छ भने विचाट टेन्सेन्टले सञ्चालन गरेको हो ।

उनले दुई चिनियाँ कम्पनीका कारण बजारमा नक्कली सामग्रीको बिगबिगी नै बढेको आरोप लगाएकी छन् । चीनमा रहेका अन्य अनलाइन मार्केटिङ कम्पनी वायडु वाङ पान, डिएच गेट, पिनडुवाडो र टाबोआ त्यस सूचीमा यथावतै छन् । चीनका ९ बजारलाई पनि समावेश गरिएको छ । उत्पादन, वितरण र नक्कली सामानको विक्री वितरण गर्ने सवालमा ती कम्पनीलाई सूचीमा समावेश गरिएको हो ।

टेन्सेन्टले भने व्यक्तिगत बौद्धिक सम्पत्ति जगेर्ना गर्न आफूले धेरै श्रोत लगानी गरेको दाबी गरेको छ। ‘हामी अमेरिकी व्यापार प्रतिनिधिको निर्णयमा असहमत छौं । समस्यालाई समाधान गर्न हामी दत्तचित्त भएर लागि परेका छौ,’ कम्पनीका प्रवक्ताले भनेका छन्। अलि बाबाले भने कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

युएसटिएआरले सन् २००६ मै कुख्यात बजारलाई सूचीकृत गर्न सुरु गरेको थियो । जसको उद्देश्य कमजोर र सस्तो नक्कली सामानको मारमा अमेरिकी बजारलाई जोगाउने भन्ने हो। अमेरिका बाहिर निर्माण हुने यस्ता सामानबाट अमेरिकालाई जोगाउने मुख्य लक्ष्यमा छ ।

पछिल्लो समय अमेरिका र चिन शुल्क, व्यापार र बौद्धिक सम्पत्तिको जगेर्नाको विषयमा वार्ता विहीन भएर बसेका छन् । यी दुई देश बिचको तनाव यसै साता फेरि बढेको हो । यसै साता अमेरिकाले चिन विश्व व्यापार सङ्गठनको सदस्य भए पनि आफूले गरेको प्रतिबद्धतामा  चुक्दै आएको जनाएको थियो । अमेरिकाले नै चीनले कामदार र फर्मलाई धेरै हानी गरेको आरोप पनि लगाएको थियो ।

पछिल्लो समय चीनले लीथुवानीयाबाट ताइवानमा गोरुको मासु, डेरी उत्पादन र बियर आयात हुन रोकेको छ। लीथुवानीयाका निकायले जनाए अनुसार चीनले प्रशस्त कागजातको अभाव भन्दै त्यहाँ लैजान रोक लगाएको हो। ताइवानले लीथुवानीयामा दूतावासको पहल गरे पछि चीनले यो कदम चालेको हो ।

यस निर्णयसँगै चिनियाँ नीतिको आलोचना गर्दै आएको युरोपेली युनियनलाई अझ बढी आक्रोशित बनाएको छ । ताइवानलाई आफ्नो शासनको रूपमा अन्तर्राष्ट्रिय निकायले स्वीकार गर्नु पर्ने दबाब दिँदै आएको चीनले गरेको भेदभावपूर्ण व्यवहार हुनुले अन्तर्राष्ट्रिय निकाय अझ धेरै छुब्ध भएका छन् ।

लीथुवानीयको स्टेट फुड तथा भेटेरिनरीले कुनै कागजातको अभाव भएको भन्दै चीनबाट कुनै जानकारी नआएको जनाएको छ । यसरी निर्यात गर्ने संस्थाले दिएको जानकारी अनुसार चिनियाँ अधिकारीले सन् २०२० मै लीथुवानीयको बिफ तथा माछा उत्पादकको अडिट लगेका थिए ।

यसमा कुनै आपत्ति गरिएको थिएन। यस वर्षको अन्त्यसम्म यसलाई निर्बाध रूपमा सञ्चालन गरिएको थियो । लीथुवानीयाले नोभेम्बरमा यसको राजधानी भिल्नीयुसमा ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि दुई देश बिचको सम्बन्धमा तुसारापात भएको हो । अहिलेसम्म चीन र ताइवानको विदेश मन्त्रालयले यसको बारे कुनै आधिकारिक धारण सार्वजनिक गरेका छैनन् ।

लीथुवानीयको राजधानीमा पनि चीनले चाहे जस्तो चाइनिज ताइपेइको नाममा नभई ताइवानको नाममा दूतावास खोल्न लागिएको थियो ।  चीनले जबरजस्ती आफ्नो एकाधिकार लाद्ने नाममा ताइवानको  नाम चाइनिज ताइपेइ भनेर प्रचार गर्ने  र त्यसै अनुसारको नामकरणमा दबाब दिँदै आएको छ ।

चीनको यस कदमले युरोपेली राष्ट्र सङ्घको व्यापारमा प्रतिकुल असर गर्ने अनुमान गरिएको छ । अहिले अन्य धेरे कारणले युरोपेली देश चीनसँग व्यापारिक सम्बन्ध राख्न चाहँदैनन् । अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले चीनको लीथुवानीया माथिको भेदभावपूर्ण व्यापारिक नीति भएको आरोप लगाएको छ । ती सहयोगी राष्ट्रले चीनमा सामान निर्यात र आयात रोक्न समेत दबाब दिएका छन् ।

युरोपेली युनियनका व्यापारका कार्यकारी उप प्रमुख भ्लाडीस डम्ब्रोभ्सकीले चीनसँगको द्विपक्षीय सबन्धमा आएको तुसारापातलाई कम गर्न बारम्बार प्रयास गरिए पनि असफल भएको प्रतिक्रिया दिएका छन् । संसारमा सबैभन्दा धेरै बिफ निर्यात गर्ने चीनले पनि लिथुवानीयबाट केही आयात गर्ने गरेको छ ।

चिनियाँ तथ्याङ्क अनुसार चीनले गत वर्ष लीथुवानीयाबाट ७७५ टन मासु निर्यात गरेको थियो । यसमा २.३६ टन बिफ नै थियो ।

पछिल्लो  समय चिनियाँ बजारका कारण देखिएको धेरै समस्या मध्य नक्कली सामानको समस्या प्रमुख हो । साथमा संसारमा वैज्ञानिक र न्यायिक भन्दा जबरजस्ती शक्ति लाद्ने नीतिले ठुलो उद्योगलाई धराशायी बनाएको छ । कमसल सामान निर्माण गर्ने र व्यापार प्रचार प्रसार सहित विक्री गर्ने चिनियाँ नीतिको मारमा संसारका  धनी र शक्तिशाली देशका उद्योग त प्रभावित छन् नै साना देशका उपभोक्तासम्म पनि यसको मारमा परेको जनाइन्छ ।

अहिले विवादमा रहेको अलि बाबा समूह एउटा इ कमर्स कम्पनी हो । यसले वेभ पोर्टलमार्फत नै इलेक्ट्रिक भुक्तानी सेवा, खरिद विक्री सम्बन्धी सर्च र इन्जिन तथा क्लाउडिङ सेवा प्रदान गर्छ ।

१९९४ को ४ अप्रिलमा स्थापना भएको यो कम्पनीका सहायक कम्पनीमा अलि एक्सप्रेस, अलि बाबा कम, अलि बाबा क्लाउड लगायत छन् । यसै गरी टेन्सेन्ट बहु राष्ट्रिय प्रविधि र मनोरञ्जन समूह हो  । मुख्यालय सेन्जेनमा रहेको यो एउटा होल्डिङ कम्पनी हो । यसैको लगानीमा रहेको भिडियो गेम सबैभन्दा ठूलो कम्पनी हो ।

अमेरिकाले यसै सूचीमा राखेको अर्को कम्पनी वाइडु वाङ पान हो । यसको पनि मुख्यालय चीनमा नै छ । यो एउटा क्लाउड सर्भिस हो । मुभी, टिभी सो र पुस्तक सेयरका लागि प्रचलित यो कम्पनी यसमा सूचीकृत भएसँगै ठूलो बहस सुरु भएको छ । यसबाट व्यक्तिगत गोपनीयता त भङ्ग हुने होइन भन्ने डर आशङ्का पैदा भएको छ । पछिल्लो समय चिनिया कम्पनी बौद्धिक सम्पत्ति सुरक्षामा कमजोर रहेको आरोप लागेको समयमा वाइडुको प्रयोगकर्ता पनि जोखिममा पर्ने डर उत्पन्न हुन थालेको छ ।

यसै सुचीमा रहेको अर्को चिनियाँ कम्पनी डिगेट हो । यो एउटा मोबाइल एप हो । यो संसारमै ठूलो इकमर्स प्लेटफर्म मध्यको एक हो । चीनमा त यसको प्रयोग व्यापक नै छ । एक पटक प्रयोगमा आएको सामानको दुरुस्त बनाएर नक्कली बनाएर विक्री गर्नेमा यो कम्पनी बदनाम ठहरिएको छ । त्यस कम्पनीको कारोबारमा पारदर्शी नभएको  गुनासो समेत प्रयोगकर्ताबाट आउन थालेको छ । पेन डाउडु पनि एक मोबाइल एप हो । यसमा पनि यसै खाले समस्या भएको गुनासा आएका छन् ।

भौतिक उपस्थितिमै विक्री हुने समयमा पनि चिनियाँ सामान कमसल र गुणस्तरहीन भएको चर्चा सुनिएका छन् । अहिले इन्टरनेट र प्रविधिको प्रयोगसहित सामानको विक्री वितरणको कालमा पनि चिनियाँ कम्पनी नक्कली सामान विक्री वितरणमा अग्रणी बनेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : २४ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले