एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन् । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३१ बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने