लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे « Khabarhub

लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् ।

आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

मस्र्याङ्दी गाउँपालिका-३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । यस्तै लमजुङको बेंसीसहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट १९६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा आइतबार दिउँसोदेखि हिमपात भएको बताए ।

घलेगाउँ, पिसहिलसहित मस्र्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेकसमेत हिउँले ढाकेको छ । यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्चपहाडी भेगमा समेत आइतबार दिउँसोदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोकको बस्तीनजिकैको डाँडामा पनि बाक्लो हिमपात भएको छ । पूर्वी भेगका इलमपोखरी, विचौर र दूधपोखरी गाउँको उच्चपहाडी चुचुरोहरूमा समेत हिउँ परेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : २६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी