सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा « Khabarhub

सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’डिभिजन मा घटुवा भएको थियो।

च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन्। सोमबार सातदोबाटोसँग पराजित भएमा बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ । सातदोबाटोसँग अंक बाँडेमा भने बीबीसीको ‘ए’ डिभिजनमा रहिरहने झिनो सम्भावना कायम रहनेछ ।

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बीबीसीमाथि हाबी हुन सक्छ । पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्ट किलरको रूपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ ।

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौ स्थानमा छ । १२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बीबीसीको ११ खेलमा सात अंक रहेको छ । अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको समना गर्नेछ ।

बीबीसीलाई ‘ए’डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जित पनि पर्याप्त नहुन सक्छ । त्यसका लागि बीबीसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ । बीबीसीका प्रशिक्षक सानोज श्रेष्ठ भने १०औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेसनको दबाबमा आएको बताउँछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ५५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी