दुई वर्षपछि अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि खुला « Khabarhub

दुई वर्षपछि अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि खुला


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।

कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो ।

अस्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् ।

सयौँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरूको भावपूर्ण पुनर्मिलन भएको थियो ।
सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ ।

‘सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ,’सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेनटिनमा बस्नुपर्ने छैन । तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । उनीहरू वेस्टर्न अस्ट्रेलियाबाहेकसबै राज्यमा आवत जावत गर्न पाउनेछन् ।

अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेशको अनुमतिसँगै पर्यटकहरुको प्रबाह बढ्ने विश्वास गरिएको छ । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए ।

अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४,९०० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी