भीष्मराज फुलाराको ‘वासुदा’ उपन्यास सार्वजनिक « Khabarhub

भीष्मराज फुलाराको ‘वासुदा’ उपन्यास सार्वजनिक


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ ।

साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यास पढ्दा मुल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीको सामना गर्ने साहस प्रशंसनीय पाएको बताए ।

उपन्यासकार फुलाराले कृतिमा वासुदाको जीवन संघर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्य आममानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउने बताए । उपन्यास फुलारा लिटरेचर फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।

फुलाराका यसअघि ‘टुहुरो कुण्डली (उपन्यास)’, ‘नफापेको मान्छे (उपन्यास)’, ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ प्रकाशित भइसकेका छन् । गीतकारसमेत रहेका फुलाराका आधा दर्जन गीतह बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ३५ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी