बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु « Khabarhub

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् ।

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक आइतबार राति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् ।

घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : २० बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने