चन्दा सङ्कलन गरेर एम्बुलेन्स सेवा सञ्चालनमा | Khabarhub Khabarhub

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सेवा सञ्चालनमा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।

स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सो सस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए । उनले भन, ‘अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ । देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ ।’

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत रु १३ लाख ८० हजार सङ्कलन भएको र रु १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो। बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सस्थाले जनाएको छ ।

मेलौलीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुसी लागेको स्थानीय रुवी नायकले बताए । उनले भने, ‘आपत्को घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुन्छ ।’

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगर प्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले खेलेको भूमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताए । उनले भने, ‘यो निकै सराहनीय काम हो, यसले समाज सेवा गर्न प्रेरितसमेत गर्छ।’ एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका सबै जनतालाई सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ४० बजे

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको