सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुग्यो « Khabarhub

सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुग्यो



काठमाडौं–पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । विदेशी ऋण भने ०.०३ प्रतिशतले घटेको छ ।

विदेशी ऋण अमेरिकी डलर उतावचढाव भएका कारणले घटेको हो । त्यस्तै, आन्तरिक ऋण भने ०.७८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ अर्ब रुपैयाँ वृद्धि भएको छ भने बाह्य ऋणको स्थिति २४ करोड ८३ लाख ९० हजारले घटेको छ ।

विनिमय दरमा भएको उतारचढावले चालु त्रैमासिकमा १६ अर्ब ४७ करोड रुपैयाँको विनिमय लाभ भएको छ जसले गर्दा बक्यौता कर्जाको स्थितिमा कमी आएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा कुल ऋणसँग जीडीपी (कुल ग्राहस्थ उत्पादन) अनुपात ४०.५३ प्रतिशत रहेको छ भने बाह्य ऋणसँग जीडीपी अनुपात १८.२८ प्रतिशत र आन्तरिक ऋणसँग जीडीपी अनुपात २२.२४ प्रतिशत रहेको छ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासमा कुल कर्जा प्राप्ति २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ जसमा २३ अर्ब १७ करोड रुपैयाँ बाह्य स्रोतबाट र ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट प्राप्त भएको छ ।

वैदेशिक ऋणमध्ये ८७.३७ प्रतिशत अर्थात् २० अर्ब २४ करोड रुपैयाँ बहुपक्षीय स्रोतबाट र बाँकी १२.६३ प्रतिशत अर्थात् २.९२ प्रतिशत द्विपक्षीय स्रोतबाट प्राप्त भएको छ । यो त्रैमासमा कुल आन्तरिक ऋण ६ अर्ब रुपैयाँ ट्रेजरी बिलको नयाँ निष्कासनबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ५९ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा