स्याउका बिरुवा निर्यात गर्दै जुम्ला « Khabarhub

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् ।

सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ । मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’

उनले स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाको स्याउका बिरुवा गुणस्तरीय रहेको भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्‍याउने गरिएको छ ।

जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, ‘स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।’ रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए । ।

४९ हजार बिरुवा निर्यात
जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछामा ,अर्घाखाँची, हुम्ला, कलीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि कृषि विकास कार्यालयले सिफारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताइन् । बुढाका अनुसार यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल