नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, विकास बैंक २२.८२, जलविद्युत् ७२.३९, वित्त २७.२४, निर्जीवन बीमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, लघुवित्त १२.२७, जीवन बीमा १९.१९, सामूहिक लगानी कोष ०.०४ र लगानी १.१ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो । यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.६५, नेपाल हाइड्रो डेभलपर्स ७.१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.७२ र साहस ऊर्जाका लगानीकर्ताले ६.१२ प्रतिशतले कमाए ।

यस्तै नवील बैंकको ऋणपत्र १.९५, कालिका लघुवित्त वित्तीय संस्था १.८६, गरिमा विकास लघुवित्त १.५६, कर्पोरेट डेभलपमेन्ट बैंक १.४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.२८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले