आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओमान– नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।

क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पा¥यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । त्यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।

त्यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट कुशल मल्लले समान एक विकेट लिए । ग्लोबल छनोटको समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई( को सामना गर्नेछ ।

सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ५४ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा