पाउरोटी बनाउने उद्योगमा प्रहरीको छापा, अत्यधिक सडेका सामान बरामद « Khabarhub

पाउरोटी बनाउने उद्योगमा प्रहरीको छापा, अत्यधिक सडेका सामान बरामद


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।

कम्पनीले बजारबाट म्याद गुज्रीरहेका पाउरोटी र कुकिजलाई उठाउने र त्यसैको धुलो बनाएर पुन कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ ।

अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटिएको र सवै बस्तुलाई नष्ट गरिएको महाशाखाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनले १२० बोरा म्याद गुज्रिएका पाउरोटी र कुकिज फेला पारेको बताए ।

 

गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएको खुलेको छ । प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुडसहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको