इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा « Khabarhub

इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् ।

कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन(जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् ।

राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा आर्थिक पक्षमा थप सुदृढ हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।

इरानका सडक तथा यातायात मन्त्री रोस्तम घासेमीका अनुसार दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर हुनेछ । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको पानीमुनि सुरुङमार्फत इरान र कतारलाई जोड्ने योजनामा सम्झौता हुनेछ ।

यस्तै अन्य दुईवटा सम्झौता शिपिंग र सामुद्रिक व्यापारलाई बढावा दिने तथा चौथो दुई देशबीचको हवाई यात्रामा सुधार गर्ने विषयमा पनि हस्ताक्षर हुने ताइएको छ ।

यस्तै भोलि हुने (जीईसीएफ) शिखर सम्मेलनमा उनले इरानको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । इरानमा विश्वको दोस्रो ठूलो प्राकृतिक ग्यास भण्डार रुपमा रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २१ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा