किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने « Khabarhub

किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा प्रतियोगिता चैत्र १९ गते हुने भएको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजयी खेलाडीहरूले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।

अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए ।

प्रतियोगिताको रुट गोल्फु टार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, गोल्फु टार, नारायणथान हुँदै पुन गोल्फु टार बास्केटबल कोर्ट रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ०० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६