मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग « Khabarhub

मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मतदाता परिचयपत्र हराकाहरूलाई निर्वाचन आयोगले पुनः परिचय पत्र प्रदान गर्ने भएको छ ।

आयोगले सोमबार सूचना जारी गरी यसअघि पाएको मतदाता परिचय हराएको वा नाशिएको अवस्थामा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।

प्रतिलिपि परिचयपत्रका लागि आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको पनि उनले जनाए ।

त्यस्तै, आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भए इमेल र फ्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

आयोगले फागनु ५ को निर्णयअनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल र फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : २६ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी